मन्त्रालयको कार्यक्षेत्र र प्रमुख क्रियाकलापहरु
कार्यक्षेत्र
- संरक्षणात्मक कार्यहरू
- सशक्तिकरण सम्बन्धी कार्यहरू
- अन्तर्राष्ट्रिय/राष्ट्रिय प्रतिबद्धता अनुसार हक/अधिकार सुनिश्चितताका कार्यहरू
- अभियानमुखी कार्यहरू
- संघ संस्था परिचालन
प्रमुख क्रियाकलापहरु
अन्तर्राष्ट्रिय/राष्ट्रिय प्रतिबद्धता अनुसार हक/अधिकार सुनिश्चितताका कार्यहरू
- महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिका हक अधिकार सम्बन्धी सबाललाई कार्यान्वयन गर्न कानूनी तथा संस्थागत व्यवस्था गर्ने ।
- यस्ता सवालहरुलाई संघीयता अनुसार प्रदेश र स्थानीय तहका नीति, कानून र संरचनाहरुमा संस्थागत गर्न सहजीकरण गर्ने ।
संरक्षणात्मक कार्यहरू
- हेल्पलाइनको व्यवस्था
- (११४५-महिला तथा किशोरीहरूको लागि,
- १०४ र १०९८ – बालबालिकाहरूको लागि)
- कोषहरू सञ्चालन
- लैङ्गिक हिंसा निवारण कोष
- मानव वेचविखनबाट पीडित तथा प्रभावितहरुको लागि पुनर्स्थापना कोष
- एकल महिला सुरक्षा कोष
- आपतकालीन बाल उद्धार कोष
- पुनर्स्थापना केन्द्रको स्थापना तथा सञ्चालन
- उद्धार, राहत तथा पुनर्स्थापना, मनोसामाजिक परामर्श, कानूनी परामर्श, कानूनी सेवा, घरायसी र समुदायमा पुनर्मिलनको कार्य गर्ने
- (स्थानीय तह र विभिन्न संघसंस्थाको सहयोग र समन्वयमा)
- अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको लागि अपाङ्गता मैत्री संरचना निर्माण तथा स्थापना गर्ने
- अपाङ्गतामैत्री नेपाल निर्माणका लागि सूचकहरू तयार गर्ने
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरूको अधिकारको संरक्षण गर्ने
- कानुनको विवादमा परेका बालबालिकाको लागि सुधारात्मक सेवा सञ्चालन गर्ने
गर्भवती तथा सुत्केरीको नि:शुल्क हवार्इ उद्धार कार्यक्रम
- राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत नियमित यातायातको सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रका महिलाको गर्भवती तथा सुत्केरी अवस्थाको कारणबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवार्इ उद्धार कार्यक्रम सञ्चालन गर्ने
- महिलाहरुको उत्थान र सशक्तिकरण गरी राष्ट्रिय विकासमा मूलप्रवाहीकरणका साथै उनीहरुको आर्थिक उन्नति, प्रगति, प्रतिष्ठा र सम्मान प्रवर्द्धन गर्नका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्ने
अभियानमुखी कार्यक्रमहरू
- राष्ट्रव्यापीरुपमा कुरीतिविरुद्धको साझा अभियान सञ्चालन गर्ने
- रेडियो, टेलिभिजन तथा एफ. एम. रेडियो मार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता सम्बन्धी सन्देशमूलक एवम् सचेतनामूलक PSA, जिङ्गल जस्ता सामग्री उत्पादन तथा प्रचारप्रसार गर्ने ।
- सन्देशमूलक नारा सहित विभिन्न दिवसहरू मनाउने
- लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान
आर्थिक सशक्तिकरण सम्बन्धी कार्यहरू
- राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रम
- महिला उद्धमशीलता सहजीकरण केन्द्र
- हातैमा उद्यम मोबाइल एप्स निर्माण
- उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम
- उद्यमी मेला आयोजना, बिक्री केन्द्र निर्माण सम्बन्धी कार्यक्रम
- स्थायी स्टल निर्माण कार्यक्रम
- अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारी सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा सहजीकरण गर्ने