नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

गैरकानुनी ढंगले तेस्रो मुलुक लैजान लागेका व्यक्तिहरूलाई उद्धार गरिएको

प्रेस वक्तव्य


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पहिलो राष्ट्रिय महिला अधिकार दिवस घोषणा सभा कार्यक्रमको नारा “लैङ्गिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्तव्य” मिति 2076 जेठ 16 गते बिहिबार राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग 10:30 बजे देखि 4:00 बजे सम्पन्न हुन गैरहेको छ । समारोहका प्रमुख अतिथी र मुख्य सहभागीहरु : सम्माननीय प्रधानमन्त्री, नगरपालिकाका महिला प्रमुख र उपप्रमुख, गाउपालिकाका महिला प्रमुख र उपप्रमुख 77 वटै जिल्ला समन्वय समितिका महिला प्रमुख र उपप्रमुख र एकजना महिला सदस्य रहेका छन् । उक्त कार्यक्रमको सह-संयोजक जिल्ला समन्वय समिति महासंघ , प्राविधिक सहयोग यु.एन.ओमन रहेका छन् । सो कार्यक्रमको नेपाल सरकार मन्त्रिपरिषद्को मिति 2076।02।06 गते निर्णय भएको छ ।

यो महिला अधिकार दिवस भब्यताका साथ मनाउनको लागि मिति 2076 जेठ 14 गते संघ संस्था संग अन्तक्रिया गरिएको र 2076 जेठ 15गते पत्रकार सम्मेलन गरीएको छ । यो कार्यक्रम मार्च 8 मा मनाइने महिला दिवस भन्दा भिन्न रहेको र लैंङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान भन्दापनि भिन्न रहेको छ । यो कार्यक्रम प्रतिनिधी सभाको पहिलो बैठक 2063 जेठ 4 गते गतेको विशेष प्रस्तावमा महिलाका सवालले प्राथमिकता नपाएकोमा पुनः 2063 जेठ 16 गते तत्कालीन प्रतिनीधिसभाका माननीय सांसद, हाल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रतिनिधिसभामा निम्नानुसारको विषय कार्यान्वयन गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको र उक्त प्रस्ताव संसदको सर्वसम्मतिबाट पारित भएको प्रस्तावमा निम्न बिषय रहेको थियो ।

  • आमावाबाबु मध्ये कसैको नामबाट पनि सन्तानले नागरिकतापाउन सक्ने कुराको ग्यारेन्टी गर्न ।
  • समानुपातिक सहभागिताको लक्ष्यमापुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सवै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न ।
  • विभेदकारी कानुनको खारेजी गर्न ।
  • महिलाप्रति हुने गरेको हिंसाको अन्त्य गर्न ।

पहिलो राष्ट्रिय महिला अधिकार दिवस घोषणा सभा कार्यक्रम भब्यताका साथ मनाउन प्रदेश र स्थानीय तहमा समेत अनुरोध गरिएको छ ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल