नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

लैंगिक हिंसा विरुद्धको प्रदेशस्तरीय अभियान कार्यक्रम गण्डकी प्रदेश

मिति 2076/08/24 गतेका दिन लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान 2076/077 अन्तर्गत लैङ्गिक हिंसा अन्यका लागि सरोकारवाला निकायको जिम्मेवारी¸भुमिका र प्रतिवद्धता विषयक गण्डकी प्रदेश स्तरीय अभियान कार्यक्रम  गण्डकी प्रदेश, पोखरामा सम्पन्न भयो ।

उक्त अभियान कार्यक्रमको अध्यक्षता माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङज्यूले गर्नुभएको थियो भने श्रीमान् सचिव चन्द्र कुमार घिमिरेज्यूले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ्गको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभाका माननीय सभामुख श्री नेत्रनाथ अधिकारी¸ गण्डकी प्रदेशका माननीय सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष आतिथ्यता रहेको थियो । प्रदेशस्तरीय अभियानमा प्रदेशसभाका सदस्यज्यूहरु, गण्डकी प्रदेशका 11 जिल्लाका सवै नगरपालिकाकाका प्रमुख/उपप्रमुख तथा गाँउपालिकाका अध्यक्ष/उपाध्यक्ष¸ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख¸ प्रमुख सचिव श्री हरी प्रसाद वस्याल, सामाजिक विकास मन्त्रालयका सचिव श्री डिल्लीराम शर्मा¸ महिला बालबालिबा तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव श्री रुद्रादेवी शर्मा¸ गण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक श्री विनोद शर्मा घिमिरे¸ सामुदायीक वन उपभोक्त्ता महासंघका प्रतिनिधि¸ राष्ट्रिय सहकारी महासंघका  प्रतिनिधि¸ गै स स महासंघका प्रतिनिधिहरु ¸ पत्रकारहरु¸ PABSON तथा NPABSON का प्रतिनिधि¸ महिला सहकारी संस्थाका अध्यक्ष एवं सदस्यज्यूहरु¸ विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिज्यूहरु, साहित्यकार, विद्धत वर्ग¸ किशोरी संजालका सदस्यहरु एवं संचारकर्मीज्यूहरु गरी 350 भन्दा वढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिबाट कार्यक्रमको उद्‍घाटन भए पश्चात उपस्थित विशिष्ट महानुभावहरुले लैङ्गिक हिसां विरुद्द निरन्तर लड्ने उद्घोष गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । तत्पश्चात माननीय सामाजिक विकास मन्त्री नरदेवी पुन¸ प्रदेश सभाका माननीय सभामुख श्री नेत्रनाथ अधिकारी एवं माननीय मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ्गले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रमको उद्‍घाटन सत्रको समापन गर्दै  माननीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङगज्युले लैङ्गिक हिंसा न्यूनिकरण गर्न सवै निकाय प्रतिबद्ध भएर अगाडी वढ्नु पर्ने वताउनु भएको थियो ।

कार्यक्रमको दोश्रो सत्र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त सत्रको शुरुमा मन्त्रालयका सह सचिव श्री रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष, 2076 को बार्षिक कार्यायोजनाको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्ययोजनाको प्रस्तुतीकरण पश्चात 11 जिल्लाका सहभागीहरुलाइ 3 वटा समूहमा विभाजन गरी कार्ययोजनाको मस्यौदामा थपघट गर्नुपर्ने विषयमा सघन छलफल गरिएको थियो । छलफलबाट उठेका विषयहरुलाई समुहका प्रत्येक समुह टोली नेताले सम्पूर्ण सहभागीहरुका बीच प्रस्तुत गर्नु भएको थियो ।

दोस्रो सत्रको समापनमा किशोरी सजालका सदस्य एवं जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले समापन मन्तव्य दिनु भएको थियो भने सहसचिव रुद्रादेवी शर्मा ज्यूले कार्ययोजना उपर उठेका विषयहरुलाई अन्तिम मस्यौदा तर्जुमा गर्दा समेटिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री चन्द्र कुमार घिमिरेज्यूले  छलफलबाट उठेका जिज्ञासा सम्बोधन गर्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सवै सरोकारवाला¸ कर्मचारी¸ आई एन एफ सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन मन्त्रालयका उपसचिव श्री निशानराज गौतमले गर्नु भएको थियो ।

                                         

मिति: 2076/08/25 गते