नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

प्रथम राष्ट्रिय महिला अधिकार दिवस, 2076 सम्बन्धमा

लैगिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्तव्य
प्रथम राष्ट्रिय महिला अधिकार दिवस, 2076
लैगिंक हिंसा विरुद्धको अभियान वर्ष


सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आथित्यतामा प्रथम राष्ट्रिय महिला अधिकार दिवस मिति 2076 जेठ 16 गते विहीबार सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा संघीय सरकारका माननीय मन्त्री , विशिष्ट श्रेणीका प्रतिनिधि , 77 वटै जिल्ला समन्वय समितिका महिला प्रमुख, उप प्रमुख एवम् जिल्ला समन्वय समितिका महिला सदस्य, सवै नगरपालिकाका महिला प्रमुख, उपप्रमुख , सवै गाउँपालिकाका महिला अध्यक्ष, उपाध्यक्ष विभिन्न मन्त्रालयका लैगिक सम्पर्क व्यक्तिहरु , संवैधानिक निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत गैर सरकारी संघ संस्था ,अन्तर्राष्ट्रिय विकास साझेदारीका प्रतिनिधि, विभिन्न राजनैतिक दलका भातृ तथा भगिनी संघका प्रतिनिधिहरु , सरोकारवाला, नागरिक समाजका प्रतिनिधि एवम विभिन्न संचार माध्यमका प्रतिनिधि सहित करिब 900 भन्दा वढी सहभागीहरुको उपस्थितिले सभाहल शोभायमान भएको थियो । लैगिक हिंसा विरुद्धको अभियान वर्ष, 2076 घोषणा तथा लैगिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्त्व्य भन्ने नाराकासाथ प्रथम राष्ट्रिय महिला अधिकार दिवस मनाउन लागिएको यो क्षण वास्तवमै ऐतिहासिक र अत्यन्त महत्वपूर्ण भएको सहभागीहरुले व्यक्त गरेका थिए । विं. सं 2063 जेठ 16 गतेका दिन सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी तत्कालिन संसद रहेको अवस्थामा प्रतिनिधिसभामा पेश गरेका 4 वटा विषयहरु सर्व सम्मतिबाट पारित भएका थिए । यसैको उपलब्धिमा जेठ 16 लार्ई राष्ट्रिय महिला अधिकार दिवस मनाउने घोषणा गरिएको छ । 2076 साललाई लैगिक हिंसा विरुद्धको अभियान वर्ष मनाउने कार्यको समेत सम्माननीय प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । यही अवसरमा प्रधानमन्त्रीले विश्वमा हाम्रा महिलाहरुले पाएका अधिकारहरु र गरेका संघर्षहरु उदाहरणीय रहेको बताउनु भयो । सोही अवसरमा 2063 जेठ 16 मा कार्यरत रहनुभएका सभामुख , प्रस्तावक र समर्थकहरुले आजको दिनले राष्ट्रिय स्तरमा युगान्तकारी परिवर्तन ल्याएको र सार्थकता प्राप्त गरेको छ भन्नुभएको थियो । साथै यसको महत्व र गाम्र्भीयताको वारेमा प्रकाश पार्नुभएको थियो । प्राविधिक सत्रमा विशेषगरी स्थानीय तहका महिला प्रमुख तथा उपप्रमुखहरुका जिम्मेवारी र भूमिकामा रहेका असल अभ्यास, सबलपक्ष एवम् समस्या र चुनौतीहरुका वारेमा अन्तरकृया गरिएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापाले आगामी वर्ष दिनहरुमा सबै सरोकारवालाहरुले विभिन्न सामाजिक सचेतनामूलक र सृजनात्मक कार्यक्रमहरु तय गरी अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले लैगिक विषय यथार्थमा बहुआयामिक र बहुसरोकार हुने हुदाँ सवैले आ आफ्नो नीति , योजना र कार्यक्रममा समावेश गरी सकृय तवरले कार्य गर्दै गएमा लैगिक समानता कायम गर्न सकिने कुरा व्यक्त गर्नुभएको थियो । अन्त्यमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला समन्वय समिति महासंघ नेपाल, यु एन.ओमन एवम सहभागीहरुको सहकार्य र सहयोगले वास्तवममै प्रथम राष्ट्रिय महिला अधिकार दिवस सभ्य र भव्य तवरले सम्पन्न गरियो ।