ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्ध १४औं विश्व चेतना दिवस (१५ जून २०१९), को अवसरमा अन्तरक्रिया कार्यक्रम

ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्ध १४औं विश्व चेतना दिवस (१५ जून २०१९), को अवसरमा अन्तरक्रिया कार्यक्रम

ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्ध १४औं विश्व चेतना दिवस (१५ जून २०१९), को अवसरमा अन्तरक्रिया कार्यक्रम

ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्ध १४ औं विश्व चेतना दिवसको अवसरमा मन्त्रालयले एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मन्त्रालयका माननीय मन्त्री थममाया थापाको प्रमुख आथित्यमा भएको थियो । "Access to Justice: Legal, Social and Economic Services for Older Victims of Sexual, Physical and Financial Crime” अर्थात “न्यायमा पहुँचः यौनिक, शारीरिक र आर्थिकरूपले दुर्व्यवहार पीडित ज्येष्ठ नागरिकलाई न्यायिक, सामाजिक र आर्थिक सहयोग” भन्ने नाराकासाथ सञ्चालन भएको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य, श्री प्रकाश वस्तीले “ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहारको अवस्था र यसलाई रोक्न सरोकारवाला निकायको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा दुर्व्यवहारको मूल कारकमा पारिवारिक, सामाजिक, शैक्षिक, कानूनी र सामाजिक सञ्जाल आदि रहेको उल्लेख गर्नुभएको थियो । कार्यपत्रमा ज्येष्ठ नागरिकको लागि गर्नुपर्ने विभिन्न विषयको वारेमा उल्लेख गर्दै उनीहरुको लागि मूलत खाना, नाना र छानाको होइन प्रेम, सम्मान र मायाको भोका हुन्छन भनी आफनो प्रस्तुती राख्नु भएको थियो । टिप्पणीकार वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार गम्भीर अपराध भएकोले राज्यले यसलाई गम्भीररुपमा लिनुपर्ने भन्दै कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो । कार्यपत्रमाथि कार्यक्रममा सहभागि विभिन्न व्यक्तित्वहरुले आ–आफनो प्रश्न तथा जिज्ञासा समेत राख्नु भएको थियो भने त्यसको जवाफ कार्यपत्र प्रस्तोता र मन्त्रालयका सचिवले दिनुभएको थियो ।
संयुक्त राष्ट्र संघले सन् २०११ को निर्णयअनुसार सन २०१२ देखि दिवसलाई औपचारिक रूपमा मनाउन थालेको थियो । तत्पश्चात् संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले यो दिवस मनाउने गरेको छ । ज्येष्ठ नागरिकहरू माथि विभिन्न प्रकारका दुर्व्यवहार हुने गरेको पाइएको छ । यस्ता दुर्व्यवहारलाई रोक्न र सो बारेमा सचेतना कार्यक्रम संञ्चालन गर्नुपर्ने र ज्येष्ठ नागरिकसंग भएको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने विषयमा सबै वक्ता र सहाभागिहरुले जोड दिएका थिए ।
कार्यक्रममा माननीय मन्त्री थममाया थापाबाट ज्येष्ठ नागरिकको विषयमा मन्त्रालय अत्यन्त संवेदनसील रहेको र राज्यले ज्येष्ठ नागरिकको विषयलाई उच्च प्राथमिकता दिनको लागि संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको विषयलाई सम्बोधन गर्न छुट्टै कानून निर्माण गरी कार्यान्वयनमा रहेको छ साथै यसलाई अझ समसामयिक बनाउन ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधनको लागि संघीय संसदमा विचारधीन रहेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका सचिव, श्री चन्द्रकुमार घिमिरेले मन्त्रालयले कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिनु भएको थियो । मन्तव्यको क्रममा विद्यमान कानून र ज्येष्ठ नागरिकका विषयलाई मन्त्रालयले उच्च प्राथमिकता दिई काम गर्दै आएको र आगामी दिनमा यस क्षेत्रमा व्यवस्थित कार्य गर्न ज्येष्ठ नागरिक सम्बन्धी छुट्टै नीति र दश वर्षे नीति निर्माणको चरणमा रहेको जानकारी गराउदै उक्त कार्यमा सबैको सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्नुभयो । विभिन्न वक्ता तथा सहभागिहरुले ज्येष्ठ नागरिकको विषयलाई राज्यले विशेष रुपले सम्बोधन गर्नुपर्ने, राष्ट्रिय मानव अधिकार आयोगले दिएका सिफारिसलाई आवश्यक नीति, कानून र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । ज्येष्ठ नागरिकलाई परिवार, समाज र राज्यले सम्मान, मर्यादा र विशेष सुविधा उपलब्ध गराउनु पर्ने वारेमा आ-आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारी, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष डा. गौरीशंकर लालदास, माधव घिमिरे, पूर्व सचिव एव पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष श्री मदनदास श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अथिति, अथिति तथा अन्य सबै सहभागिहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको सञ्चालन श्री लक्ष्मीप्रसाद प्रसाई र स्वागत मन्तव्य मन्त्रालयका सहसचिव श्री वीरबहादुर राईले गरेको थियो भने कार्यक्रममा सहकार्य नेपाल प्रहरी र कार्यक्रमको संयोजन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघबाट गरिएको थियो ।