मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवस सम्बन्धमा आव्हान

यही आउँदो भाद्र २० गते मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवस मनाइने कार्यक्रम रहेको छ । यस वर्षको १३ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नारा “सरकारको प्रतिबद्धता : मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता” रहेको छ । उक्त नाराले बोकेको भावनाअनुरुप नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी संघ संस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवम् सरोकारवालाहरू सबैमा उक्त दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक तथा सृजनात्मक कार्यक्रम आयोजना गर्दै अभियानमूलक तवरले कार्यक्रम गरी यस जघन्य अपराधलाई निर्मूलीकरण गर्न आव्हान गरिन्छ ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय