राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा सहभागिता सम्बन्धमा

लैंगिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्तव्य
प्रथम राष्ट्रिय महिला अधिकार दिवस, २०७६
लैगिंक हिंसा विरुद्धको वर्ष अभियान

सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आथित्यतामा यही मिति २०७६ जेठ १६ गते बिहीबारको दिन लैगिक हिंसा विरुद्धको अभियान वर्ष, २०७६ घोषणा तथा प्रथम राष्ट्रिय महिला अधिकार दिवस, "लैंगिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्त्व्य" भन्ने नाराकासाथ मनाउन लागिएको जानकारी गराउदछौं । उक्त दिन ७५३ स्थानीय तहका नगरपालिकाका महिला नगर प्रमुख र उपप्रमुख , गाउँपालिकाका महिला अध्यक्ष र उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका महिला प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका एक जना महिला सदस्यलाई आमन्त्रण गरिएकोले पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी राष्ट्रिय सभागृहमा विहानको १० बजेभित्र सहभागी भई दिनुहुन अनुरोध गरिन्छ । सातैवटा प्रदेश तथा स्थानीय तहहरुले उक्त्त दिन विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय महिला अधिकार दिवस मनाउन हार्दिक आव्हान गरिन्छ ।

आयोजक
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,
सह–आयोजक
जिल्ला समन्य समिति महासंघ


डाउनलोड फाइल: Nepali