लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको प्रदेश नं ३ मा मिति २०७६-०८-०९ गते आयोजना हुने तय भएको कार्यक्रम कारणबश मिति २०७६-०८-२२ मा हुने सम्बन्धमा

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको प्रदेश नं ३ मा मिति २०७६-०८-०९ गते आयोजना हुने तय भएको कार्यक्रम कारणबश मिति २०७६-०८-२२ मा हुने सम्बन्धमा

उपर्युक्त सम्बन्धमा प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति  २०७५/०८/०२ गतेको बैठकले सम्बत् २०७५ मंसिर ९ गते देखि मंसिर २४ गतेसम्म (तदानुसार २५ नोभेम्बर देखि १० डिसेम्बर २०१९ सम्म) सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ संस्थाहरुलाई आह्वान गर्ने र प्रत्येक वर्ष नोभम्बर महिनाको २५ तारिखलाई महिला हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यसै गरी यस वर्ष २०७६/०७७ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा संघ, प्रदेश र स्थानीय तहमा मनाउन नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/०२/०६ को निर्णयानुसार ५ वटा प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भैसकेको व्यहोरा अनुरोध छ ।  

 

यसै सन्दर्भमा यस वर्षको अन्तर्राष्ट्रिय नारा “Orange the world: Generation Stands against Rape!” को आधारमा तय गरिएको “समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ यही मंसिर ९ गते देखि शुरु हुन गइरहेको १६ दिने अभियान अन्तर्गतको प्रदेश नं: ३ मा मिति २०७६/०८/०९ गते राष्ट्रिय सभागृहमा सम्पन्न हुने भनिएको अभियानमूलक कार्यक्रम विशेष कारणवश मिति २०७६/०८/२२ गते देहाय बमोजिमको स्थान र समयमा हुने भएकोले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखि १० डिसेम्बर २०१९ सम्म (तदानुसार २०७५ मंसिर ९ गते देखि मंसिर २४) संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न सरोकारवाला संघ संस्थाहरुलाई विविध कार्यक्रमहरु गरी संचालन गर्न मन्त्रालय हार्दिक आह्वान गर्दछ ।                                         

                                         

तपशिलः

स्थानः राष्ट्रिय सभागृह

समयः विहान ८:०० देखि ४:०० बजेसम्म

सम्पर्कको लागिः रोशनी कार्की, ९८४१६०७३६४