११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सम्बन्धी आव्हान

मिति २०७६ साल फागुन २५ गते आइतबार ११० औं अन्तर्राष्ट्रिय महिला दिवस साझा अभियानका रुपमा मनाइंदै छ । महिलाहरुको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले संघीय सरकारका सबै निकायहरु, सात वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु एवं सामाजिक संघसंस्थाहरुले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसलाई राष्ट्रियस्तरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा “समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता” भन्ने राष्ट्रिय नाराका साथ भव्य रुपले मनाउन आव्हान गरिन्छ ।

नेपाल सरकार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय