१२ औं राष्ट्रिय जनगणना २०७८ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा समेट्नु पर्ने सूचक तथा बिषयहरुका सम्बन्धमा केन्द्रीय तथ्यांक बिभाग र सरोकारवालासंग अन्तरक्रिया तथा छलफल सम्पन्न

१२ औं राष्ट्रिय जनगणना २०७८ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा समेट्नु पर्ने सूचक तथा बिषयहरुका सम्बन्धमा केन्द्रीय तथ्यांक बिभाग र सरोकारवालासंग अन्तरक्रिया तथा छलफल सम्पन्न

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रभित्र मुख्य गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पर्दछन् । कार्यबिभाजन नियमावली २०७४ अनुसार यस सम्वन्धी नीति, योजना, कानून र मापदण्ड बनाउनृ तथा कार्यान्वयन गर्ने लगायतका बिषयमा यस मन्त्रालयले काम गर्नुपर्ने हुन्छ तर तथ्याङ्कको अभाबमा कतिपय बिषयहरु कार्यान्वयनमा असहज भएको महशुस भएको सन्दर्भमा विषयहरु आगामी २०७८ सालमा हुने बाह्रौं राष्ट्रिय जनगणना तथा अन्य सर्वेक्षणहरुमा समाबेश गर्ने सम्बन्धमा केन्द्रीय तथ्यांक बिभाग र सरोकारवालासंग मिति २०७६/९/२० गते एक अन्तरक्रिया तथा छलफल सम्पन्न भयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब श्री चन्द्र कुमार घिमिरेले सहजीकरण गर्नु भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा केन्द्रिय तथ्यांकका विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकको सहभागिता थियो भने सरोकारवाला निकायहरुको तर्फबाट राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष सहित प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधिहरु, राष्ट्रिय महिला आयोग, राष्ट्रिय बालअधिकार परिषद्का प्रतिनिधि, लैंगिक तथा यौनिक अल्पशंख्यक, मन्त्रालयका सहसचिब लगायत शाखा प्रमुख तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहजीकरण गर्दै सचिब श्री घिमिरेले राष्ट्रिय गणना हामी सबैको गणना हो र यसलाई सुझाब सल्लाह दिएर सफल पर्नु पर्ने पनि हाम्रो दायित्व हो भन्दै प्रशासनिक तथ्यांकहरुको प्रयोग र यसको दस्ताबेज कमजोर रहेकोले धेरै तथ्यांकको स्रोत पूर्ण गणना र सर्वेक्षण हुने गरेको हाम्रो सन्दर्भमा कस्ता तथ्यांक कहाबाट लिन सकिन्छ भन्ने बिषयमा छलफल गरेर जानुपर्नेमा जोड दिनुभयो । समावेश गर्नुपर्ने न्यूनतम सूचकहरु तयार गरी सिफारिस गर्न मन्त्रालयका सह–सचिवज्यूको संयोजकत्वमा सम्बन्धित शाखाका शाखा प्रमुखहरु सदस्य रहेको कार्यदलले दिएका सुझाबहरु समेत गठन गरिएको थियो । उक्त कार्यदलले दिएका सुझाबहरु केहि समाबेश भएको र अन्य बिषयमा समेत केन्द्रीय तथ्यांक बिभाग सकारात्मक रहेको पाइयो ।

कार्यक्रममा सबै सरोकारवालाहरुले खुलेर आफ्नातर्फबाट सुझाब तथा आफ्ना सुझाबहरु राख्नु भएको थियो । केन्द्रीय तथ्यांक विभागका महानिर्देशकले सबै सुझाब र सल्लाहको सम्मान गर्दछौ भन्दै सबै बिषय राष्ट्रिय जनगणनामा मात्र समेट्न नसकिने, राष्ट्रिय जनगणनामा सोधिने प्रश्न सरल र सहज समेत हुनु पर्ने भएकोले धेरै बिषय सर्वेक्षणमा समेट्न सकारात्मक रहेको जनाउनु भयो । कार्यक्रमको अन्त्यमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक लगायत सबै सहभागीलाई धन्यवाद दिदै मन्त्रालयका सचिब श्री घिमिरेले कार्यक्रमको समापन गर्नु भयो ।