दोस्रो राष्ट्रिय महिला अधिकार दिवस २०७७ सम्बन्धमा

दोस्रो राष्ट्रिय महिला अधिकार दिवस २०७७ जेष्ठ १६ को नारा लैङ्गिक हिंसा र विभेदको अन्त्य : आर्थिक रुपान्तरण अबको गन्तव्य तय भएको व्यहोरा सम्बन्धित सवैको लागि जानकारी गराउने उद्देश्यले यो सूचना जारी गरिएको छ । कोभिड १९ को विषम परिस्थितिले कार्यक्रमलाई भव्य रुपले मनाउन नसकिएता पनि आ-आफ्नो क्षेत्रबाट यसलाई आन्तरिकीकरण गरिदिनुहुन समेत मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।