नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

राष्ट्रपति महिला सशक्तीकरण परियोजना

प्रकाशित मिति : 2021-07-14 11:01:39

राष्ट्रपति महिला उत्थान कार्यक्रम

(दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, 2077)

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम

 


ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला भन्नाले

  • लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको ।
  • गर्भमा नै बच्चाको मुत्यु भएको ।
  • गर्भवती अवस्थामा अत्याधिक शरीर सुन्निएको ।
  • सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको ।
  • रक्त अल्पता भएको गर्भवती ।
  • स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई बुझिन्छ ।

हवाई उद्धारका लागि के गर्ने ?

  • सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशपत्रका साथ हवाई उद्धारको लागि सूचना दिने ।
  • सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि ।
  • स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्र ।
  • अन्य व्यवस्था कार्यविधिले तोके बमोजिम हुनेछ ।

दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निदिष्ट अस्पतालमा पर्‍याईने व्यवस्था मिलाइएको छ ।

हवाई उद्धारका लागि सर्म्पक नम्बर

9851255254 (हट्लाईन नम्बर)
01-4200328, 01-4200337

महिल, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिहदरवार, काठमाडौ