Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक सम्पन्न ।

प्रेष विज्ञप्ती
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक सम्पन्न ।

            मिति 2075।09।06 गते शुक्रवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकका अध्यक्ष एवं माननीय मन्त्री थममाया थापाज्यूको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री मीन बहादुर शाही, सचिव श्री बुद्धि बहादुर खड्का, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय लगायत अन्य निकायका प्रतिनिधि सहितको उपस्थितिमा यस मन्त्रालय र अन्तर्गत निकायको स्विकृत वार्षिक कार्यक्रमको प्रथम चौमासिकको प्रगति समिक्षा गरियो । समिक्षामा यस मन्त्रालयको 4 महिना अवधिको नीतिगत, आयोजनागत कार्यक्रमहरुको प्रगति प्रस्तुत गरी सो अवधिमा भएका वित्तीय र भौतिक प्रगति तथा प्रगति हुन नसक्नाका कारण, समाधानका लागि गरिएका प्रयासहरुमा छलफल गरी प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै जाने विषयमा व्यापक छलफल गरियो ।

                                                                प्रवक्ता