Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

सुत्केरी महिलाको हवाई उद्धार गरिएको

आज मिति 2075/09/21 दोलखा जिल्ला मेलुङ्ग गाँउपालिका पवति 1 कि 19 वर्षिय विन्दा भूजेल पौष 20 गते राति प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा महिना नपुगि सुत्केरी भई कम तौलको बच्चा जन्मिएकोले बच्चालाई भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने र उक्त स्वास्थ्य केन्द्रमा सो सुविधा उपलब्ध नभएकोले काठमाडौ ल्याउनुपर्ने भनि दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक तथा गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेबाट टेलिफोन मार्फत सहसचिव रुद्रादेबी शर्मालाई जानकारी प्राप्त भएअनुसार अस्पतालको सिफारिशका आधारमा तत्काल उद्धार गर्नुपर्ने आवश्यकता देखिएकाले "दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, 2075" को प्रावधान बमोजिम र यस अघि भएको समन्वय समितिको बैठकको निर्णय अनुसार मिति 2075/09/21 गते शनिवार बिहान 11:10 बजे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ,गृह मन्त्रालय र नेपाली सेनाको सहकार्यमा  प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटबाट शिशु सहित सुत्केरी महिलालाई हवाई उद्धार गरी काठमाडौ ल्याईएको । हाल उक्त शिशुको कान्ति बाल अस्पतालको आइ सि यु 326 नम्बरमा उपचार भई रहेको छ । 2075/09/22 गते साँझ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मा. थममाया थापा तथा महिला सशक्तिकरण महाशाखा प्रमुख रुद्रा देवी शर्मा लगायतको टोलीले शिशु र आमा विन्दा भूजेल तथा  परिवारलाई भेट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिईएको छ । आमाको स्वास्थ्य अवस्था राम्रो रहेको र शिशुको अवस्थामा भने सुधार नआएकाको, श्वासप्रश्वासमा समस्या भएको र भेन्टिलेटरमा राखि उपचार भैरहेको हुदा शिशुको अवस्था यस्तै हुन्छ भन्ने एकिन नभएको डा. सुजन श्रेष्ठबाट मन्त्रालयलाई जानकारी प्राप्त भएको छ ।