नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बाह्रौ राष्ट्रिय दिवस 2075 भाद्र 20

मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्या हो ।यसलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जवरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ । सन् 2002 मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, 2002” लाई 2063 भाद्र 20 गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा 2064 साल देखि प्रत्येक वर्ष भाद्र 20 का दिन मनाउन लागिएको यस वषको बाह्रौ राष्ट्रिय दिवशको नारा “संघीयताको महत्वपूर्ण सारः मानव वेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गरौँ खबरदार” तय गरिएको छ ।

यसै सन्दर्भमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यूको संयोजकत्वमा मिति 2075/4/15 मुल समारोह समिति बैठक बसी  मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बाह्रौ राष्ट्रिय दिवस सफलाता पूर्वक सम्पन्न गर्न  6 वटा उप-समिति गठन भएको  छ ।

पुरस्कार तथा सम्मान छनौट उपसमिति, प्रचार प्रसार तथा सामाग्री निमार्ण  उपसमिति, र्‍याली संचालन उप समिति , आर्थिक व्यवस्थापन उप समिति, मञ्‍च व्यवस्थापन उप समिति, कार्यक्रम व्यवस्थापन उप समिति गठन गरी सबै समितिलाई आ-आफ्नो कार्य जिम्मेवारी तोकिएको  छ । साथै मुल समारोह समिति अन्तर्गत मानव बेचविखन विरुद्धको दिवस मिति 2075/05/17 गते देखि 2075/05/23 गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम तय गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्ष्यतामा गठित कार्यक्रम व्यवस्थापन  उप समितिको मिति 2075/5/13 मा बसेको बैठकबाट मिति 2075 भाद्र 20 गते विहान 7:00 बजे भृकुटी मण्डप परिसरमा जम्मा भई 7:30 वजे र्‍याली शुरु हुने । र्‍यालीको रुट भृकुटी मण्डप–सहिदगेट–रत्नपार्क हुदै राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग पुगी र्‍यालीको समापन र  मूल समारोहको कार्यक्रम गर्ने निर्णय गरिएको छ । र्‍याली व्यवस्थापनको संयोजन अधिकारको लागि अभियान नेपालले गर्ने ।

विगतमा जस्तै महिला तथा बालबालिका बेचविखन तथा ओसारपसार नियन्त्रणको लागि आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेपाल प्रहरी, महिला तथा बालबालिका कार्यालय, मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा कार्यरत संस्था, छापा र विद्युतीय संचार माध्यम तथा प्रभावित गरी 6 वटा क्षेत्रबाट ब्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गर्ने कामका लागि पुरस्कार तथा सम्मान उपसमितिले काम गरिरहेको छ । 
प्रचारप्रसार तथा सामाग्री प्रकाशनको संयोजन K.I Nepal, LACC र छोरी संस्थाले लिएको छ ।

मानव बेचविखन विरुद्धको दिवसको सन्दर्भमा प्रकाशन हुने यात्रा बुलेटिन प्रकाशनका लागि संयोजन महिला, कानुन र विकास मञ्चले गर्ने गरी जिम्मा लिएको छ ।
प्रदेश स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्टिय दिवस भव्य रुपमा मनाउनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत तथा स्थानीय स्तरमा मनाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत अनुरोध गरिएको ।
मानव बेचविखन नियन्त्रण सम्बन्धी सचेतनामूलक सामाग्री प्रसारण Mobile SMS सम्प्रेषणका लागि सूचना तथा संचार मन्त्रालयलाई अनुरोध गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बाह्रौ राष्ट्रिय दिवसलाई व्यवस्थित ढंगबाट सम्पन्न गर्न सिंगो मन्त्रालयको टीम विभिन्न जिम्मेवारीका साथ अहोरात्र खटिरहेको र सरोकारवाला सबैको उत्साहपूर्ण सहभागीता र सहयोगबाट यस वर्षको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस अझ व्यवस्थित,मर्यादित र भव्य रुपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।