नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

29औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

29औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन मिति 2076।5।26 गते महिला¸बालबालिका तथा ज्येष्ठ नागरिक मा.मन्त्री श्री थममाया थापाज्यूको संयोजकत्वमा वसेको ज्येष्ठ नागरिक दिवस मूल समारोह समितिले पारित गरेको नारा "उमेरजन्य विभेद अन्त्यको यात्रा" का साथ मिति 2076।06।14 गते तद्अनुसार 1 अक्टोवर 2019¸ राष्ट्रपति भवन शीतल निवासमा उप-प्रधानमन्त्री श्री ईश्वर पोखरेलज्यूको अध्यक्षता¸ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा सामाजिक विकास समितिका सभापति निरुदेवी पालको विशेष आतिथ्यतामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । उक्त अवसरमा ज्येष्ठ नागरिक क्षेत्रका कानूनी प्रावधान¸ नीतिगत व्यवस्था र हाल सम्मका उपलब्धी विषयक कार्यपत्र श्रीमान् सचिव चन्द्रकुमार घिमिरेज्यूवाट प्रस्तुत भएको थियो भने  ज्येष्ठ नागरिकको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहे बमोजिम संस्थाको तर्फबाट र मानव सेवा आश्रम¸मकवानपुर  व्यक्तिको तर्फबाट श्री कैलास भक्त प्रधानाङ्ग र श्री राधिका थापालाई सम्मान गरियो ।

 

मिति: 2076/06/14 गते