पत्रकार भेटघाट कार्य्रक्रम सम्बन्धमा

पत्रकार भेटघाट कार्य्रक्रम सम्बन्धमा

अन्तरराष्ट्रिय महिला दिवस २०७५, ८ मार्च २०१९ २०७५/११/२४

मिति २०७५/११/२२

पत्रकार भेटघाट कार्य्रक्रम

महिला विरुद्ध हुने असमानता र भेदभावको व्यवहार, जहाँ महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्य बीच भिन्नता अर्थात महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्येनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासको लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसंगै महिलाहरुको मानव अधिकार प्रति ऐक्येवद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ का दिन विश्वभर महिला दिवस मनाईदै आएको छ ।

सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्धारा लिखित अ भेन्डिकेशन अफ द राईट अफ ओमन सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकारका लागि र लैङ्गिक समानताका लागि आधारशीला तयार गरेको देखिन्छ । फ्रान्सको राज्य क्रान्तिका ग्रीसकी महिला लाईसिस्टाले यो युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडतालबाट सुरु भएको महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चिन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिलाहरु मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो ।

यसपछि संयुक्त राष्ट्रसंघबाट महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने सम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसै बीचमा ४ वटा विश्व महिला सम्मेलन भैसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्रहरु पहिचान गरी सोही आधारमा हाम्रा नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भैरहेका छन् ।

नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।

दीगो विकासको सूचिको लक्ष्य नं. ५ मा लैङ्गिक समानता र बालिका सशक्तीकरण रहेको र उक्त लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्मको कार्ययोजना बनाई कार्यान्वयन भैरहेको छ ।

विश्वभर सामाजिक जागरण ल्याउने उद्धेश्यले मनाइने यस दिवस मनाउन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीज्यूको अध्यक्षतामा मूलसमारोह समिति र अन्य समिति गठन भएको छ । समितिको निर्णयले विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रम आयोजना गरी देशैभरी मनाउने गरी आवश्यक समन्वय गरिएको छ भने मन्त्रालयको आयोजनामा विहान प्रभातफेरी कार्यक्रम गरिने र सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख अतिथ्यतामा राष्ट्रिय सभागृहमा मूल समारोहको कार्यक्रम आयोजनामा गरिएको छ ।

  • अन्तर्राष्ट्रिय महिला दिवसको नारा : Think Equal, Build Smart, Innovate For Change
  • राष्ट्रिय महिला दिवसको नारा : लैङ्गिक समानताका लागि समान सोंच र व्यवहारः समृद्धिको आधार ।
  • विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यक्रम गरी तीनै तहका सरकार, संवैधानिक निकाय, नागरिक समाज संघ संस्था, विकास साझेदार सवैलाई मार्च ८ मनाउन पत्राचार गरिएको ।
  • अन्तर्राष्ट्रिय महिला दिवसका नाराहरु सामाजिक सचेतनामूलक सन्देश प्रवाह गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरियो ।
  • मार्च ८ का दिन विहान नारा एस.एम.एस मोबाईल म्यासेज पठाउने व्यवस्थाका लागि नेपाल टेलिकमलाई पत्राचार गरियो ।

डाउनलोड फाइल: Nepali