महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व अष्टमी - ८

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्यू अमेरिकी राजदुतज्यूसँग शिष्टाचार भेट गर्नुहुदै

हिजो मिति २०८२/०९/०७ गते अमेरिकी राजदूतज्यूसँग शिष्टाचार भेट सम्पन्न भयो। भेटका अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यलाई थप सुदृढ गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिकको अधिकार, संरक्षण र सशक्तीकरणका क्षेत्रमा संयुक्त रूपमा प्रभावकारी पहल कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भयो।

साथै आगामी निर्वाचनमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा अन्य अल्पसंख्यक समुदायलाई ध्यानमा राख्दै निर्वाचन प्रक्रियालाई समावेशी, समानुपातिक र अर्थपूर्ण सहभागितामूलक बनाउन मेरो प्रमुख प्राथमिकता रहेको विषयमा जानकारी गराएँ। 

सो उद्देश्य हासिल गर्न दुवै पक्ष मिलेर सहकार्य गर्ने विषयमा पनि छलफल भयो।