प्रशासन महाशाखाको कार्यविवरणः

  • मन्त्रालयको कार्यक्षेत्र सम्बन्धी विद्यमान नीति तथा योजना तयारीको समन्वय, बाल संरक्षण तथा विकास सम्बन्धी कार्य र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य,

  • मन्त्रालय र अन्तर्गतका निकायबाट संचालन हुने आयोजना/कार्यक्रमहरुको बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य, संचालित कार्यक्रमहरू तथा निकायहरूको अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य,

  • आन्तरिक प्रशासन र कर्मचारी प्रशासन सम्बन्धी कार्यहरू,

  • निजामती सेवा ऐन, नियमावली अनुसार कर्मचारीहरूलाई दिइने सुविधा, पुरस्कार र विभागीय कारवाही सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत रहेका विषयहरूको अध्ययन तथा अनुसन्धान,

  • मन्त्रालयको संगठन संरचना, दरबन्दी, कर्मचारीको कार्य विवरण तयार गर्ने तथा अद्यावधिक गर्ने,

  • स्वदेशी तथा विदेशी छात्रवृत्ति एवं वैदेशिक भ्रमणका लागि सम्भाव्य उम्मेदवारको सूची तयार गर्ने सम्बन्धी कार्य,

  • आर्थिक प्रशासन सम्बन्धी कार्यहरू,

  • बेरुजुको लगत अद्यावधिक गर्ने, गर्न लगाउने तथा फर्छ्यौट सम्बन्धी कार्य,

  • मन्त्रालयको वेवसाइट अद्यावधिक सम्बन्धी कार्य,

  • मन्त्रालय अन्तर्गतका निकायहरूमा शुरु नियुक्तिको कारवाही सम्बन्धी कार्य,

  • मन्त्रालयको प्रगति विवरण र प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य,

  • मन्त्रालयको विषय क्षेत्रसँग सम्बन्धित सेवा, समूह र उपसमूहका सञ्चालन सम्बन्धी कार्य,

  • मन्त्रालय मातहतका संस्थान, प्राधिकरण, समिति, परिषद्, प्रतिष्ठान, कम्पनी आदिका पदाधिकारी नियुक्ति एवं कारबाही सम्बन्धी समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालयको विषय क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको समन्वय तथा नियमन सम्बन्धी कार्य,

  • मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा, मर्मत संभार आदि कार्य,

  • अन्य तोकिए बमोजिमका कार्यहरू।

१. कर्मचारी प्रशासन शाखाको कार्यविवरणः

  • कर्मचारीहरूलाई आन्तरिक तथा बाह्य तालिममा मनोनयन सम्बन्धी आवश्यक कार्यहरू,

  • मन्त्रालय र अन्तर्गतको निजामती कर्मचारीहरूको नियुक्ति, काज, बढुवा, विदा,प्रोत्साहन, पुरस्कार र विभागीय कारबाही सम्बन्धी कार्यहरू,

  • मन्त्रालयसँग सम्बन्धित पदहरूको सिर्जना एवं पूर्तिका लागि आवश्यक प्रारम्भिक कार्यहरू,

  • कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक राख्ने सम्बन्धी कार्य,

  • प्रशासन शाखासँग सम्बन्धित मन्त्रिपरिषदमा पठाउनु पर्ने प्रस्ताव तयार गर्ने कार्य,

  • मन्त्रालयको भौतिक साधनहरुको सुरक्षा पालोपहरा, मर्मत सम्भार, सवारी साधनको खटन पटन, क्यान्टिन व्यवस्थापन, सम्पत्ति संरक्षण, सरसफाइ र स्टोर व्यवस्थापन आदि,

  • छात्रवृत्ति, तालिम, अवलोकन भ्रमण इत्यादि सम्बन्धमा मनोनयनको व्यवस्थापन सम्बन्धी कार्य,

  • जनसम्पर्क, दर्ता चलानी सम्बन्धी कार्यलाई सुव्यवस्थित बनाउने,

  • मन्त्रालयमा परेका उजुरीहरूको कारबाही सम्बन्धी कार्य,

  • शाखाको वार्षिक कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,

  • मन्त्रालयको संगठन संरचनाा, दरबन्दी र कर्मचारीको कार्य विवरण तयार गर्ने तथा अद्यावधिक गर्ने,

  • स्वदेशी तथा विदेशी छात्रवृत्तिमा अध्ययन भ्रमण एवं शैक्षिक भ्रमणका लागि सम्भाव्य उम्मेद्वारको सूची तयार गर्ने सम्बन्धी कार्य,

  • शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालय अन्तर्गत स्वीकृति लिई काम गर्न आउने विदेशी देशीय प्रतिनिधिहरूको कार्य सहमति र भिसा सिफारिस सम्बन्धी कार्य (संघसंस्था समन्वय शाखामा परेका अधिकार बाहेक),

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य,

  • मन्त्रालयको अन्य प्रशासनिक कार्यहरू

२. आर्थिक प्रशासन शाखाको कार्यविवरणः

  • वार्षिक बजेट तर्जुमामा सहयोग र सहकार्य,

  • स्वीकृत बजेट कार्यान्वयनमा सहजता ल्याउन आवश्यक कार्य,

  • आर्थिक कार्यविधि नियमावली, 2064 को नियम ३२(३)अनुसार बजेट निकासा माग,

  • मन्त्रालयको स्वीकृत दरबन्दी भित्र रही कार्यरत कर्मचारीहरूको तलवी प्रतिवेदन स्वीकृत र सोही अनुसार भुक्तानी,

  • नियमानुसार खर्च लेख्ने, पेश गर्ने,

  • मन्त्रालयबाट मातहतका निकायमा दिने बजेट खर्च गर्ने अख्तियारी तयार गर्ने,

  • विनियोजन, राजस्व, धरौटी, विविध तर्फ खर्चको श्रेस्ताहरु दुरुस्त राखी मासिक रुपमा सम्बन्धित निकायमा खर्चको फाटबारी पठाउने र वार्षिक रुपमा आर्थिक विवरण तयार गरी को.ले.नि.का.बाट प्रमाणित गराउने सम्बन्धी कार्य,

  • लेखा परीक्षण गराउने र लेखा परीक्षणबाट औँल्याइएको बेरुजू फर्छ्याेटका लागि प्रमाण जुटाई सम्परीक्षणका लागि पेश गर्ने सम्बन्धी कार्य,

  • मातहतका निकायहरूको वार्षिक आय व्ययको हिसाब एकीकृत गरी केन्द्रीय आर्थिक विवरण तयार गरी म.ले.नि.का. र म.ले.प. पठाउने सम्बन्धी कार्य गर्ने,

  • आर्थिक प्रशासनको राय माग भई आएका फाइलहरूमा राय पेश गर्ने,

  • राजस्व धरौटीको विवरण तयार गर्ने र सम्बन्धित निकायहरूमा पठाउने व्यवस्था सम्बन्धी कार्य,

  • मन्त्रालयमा आवश्यक खरिद हुने सामाग्रीको अनुगमन गरी (खर्च भएर जाने/ नजाने) व्यवस्थापन सम्बन्धी कार्य,

  • नेपाल सार्वजनिक लेखा मानमा आधारित प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • आफ्नो शाखा अन्तर्गतको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन तथा प्रगति प्रतिवेदन सम्बन्धी कार्य,

  • मन्त्रालय र अन्तर्गतको बजेटको विनियोजन तथा कार्यान्वयन दक्षता बढाउने सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

३. नीति, योजना तथा अनुगमन शाखाको कार्यविवरणः

  • मन्त्रालयसँग सम्बन्धित विषयहरू सम्बन्धी नीति, आवधिक योजना तथा कार्यक्रमहरू बारे शुरु कारवाही तथा समन्वय सम्बन्धी कार्य,

  • नेपाल सरकारको स्वीकृत नीति अनुरूप प्राप्त बजेट सिलिङ्ग भित्र रही वार्षिक कार्यक्रम तर्जुमा मध्यकालीन, पूँजीगत तर्फको कार्यक्रम संशोधन र रकमान्तर सम्बन्धी कार्य,

  • स्वीकृत कार्यक्रममा संशोधन सम्बन्धमा माग भएको विषयमा राय दिने सम्बन्धी कार्य,

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आवधिक रुपमा माग भए बमोजिम पठाउनुपर्ने विवरण उपलब्ध गराउने सम्बन्धी कार्य,

  • नीति, योजना तथा कार्यक्रम शाखाको वार्षिक कार्यक्रम तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य,

  • आवधिक प्रगति समीक्षा बैठक सम्बन्धी कार्य,

  • मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक तथा प्रतिवेदन तयार सम्बन्धी कार्य,

  • शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालित कार्यक्रमको अनुगमन तथा प्रतिवेदन सम्बन्धी कार्य,

  • शाखाको काम सम्बन्धी अध्ययन, अनुसन्धान सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

४. कानून तथा फैसला कार्यान्वयन शाखाको कार्यविवरणः

  • मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा आवश्यकताका आधारमा सम्बन्धित ऐन तथा नियमहरूको मस्यौदा तयार गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयमा नीति, कार्यविधि निर्माण सम्बन्धी कार्य,

  • मन्त्रालयमा सम्बन्धित निर्णयकर्तालाई आवश्यक परेका कानूनी विषयमा राय, सल्लाह उपलब्ध गराउने सम्बन्धी कार्य,

  • मन्त्रालय पक्ष वा विपक्ष भएका मुद्दा मामिला सम्बन्धमा आवश्यक कारवाही सम्बन्धी कार्य,

  • मन्त्रालयको विरुद्ध परेको रिट निवेदनमा भएका आदेशानुसार लिखित जवाफ तयार गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालयको नामबाट नेपाल राजपत्रमा प्रकाशित गराउनु पर्ने सूचनाहरू प्रकाशन गराउने सम्बन्धमा आवश्यक कार्य,

  • शाखाको स्वीकृत कार्यक्रम कार्यान्वयन तथा कार्य प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी कार्य,

  • मन्त्रालयको कार्यक्षेत्रमा भएका फैसलाहरूको कार्यान्वयन गर्ने सम्बन्धी कार्य,

  • शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षण भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

५. बाल संरक्षण तथा विकास शाखाको कार्यविवरणः

  • बालबालिका सम्बन्धी कानुनको अवधारणा पत्र र मापदण्ड तयार गर्ने सम्बन्धी कार्य,

  • शाखासँग सम्बन्धित नीति, योजना तथा कार्यक्रम तयारीको शुरु कारबाही तथा कार्यान्वयन सम्बन्धी कार्य,

  • शाखासँग सम्बन्धित स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन तथा प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी कार्य,

  • बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी गैरसरकारी क्षेत्रका संस्थाहरुसंग समन्वय गरी बालबालिकाको हक अधिकारको विषयसँग सम्बन्धित सवालहरूमा समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी कार्य,

  • बालबालिका सम्बन्धी राष्ट्रिय एवं अन्तराष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य,

  • नेपाल पक्ष भएका बालबालिकासँग सम्बन्धित अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्व कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन सम्बन्धी कार्य,

  • जोखिममा रहेको बालबालिकाको उद्वार, पुनर्स्थापना र संरक्षण सम्बन्धी कार्य,

  • बाल गृह, बाल सुधार गृह सम्बन्धी नीति, कानून र मापदण्ड तयार गर्न शुरु कारबाही गर्ने सम्बन्धी कार्य,

  • धर्मंपुत्र, धर्मंपुत्री सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य