सामाजिक समन्वय महाशाखाको कार्यविवरण:

  • अपांगताको अधिकार प्रवर्द्धन सम्बन्धी कार्य, ज्येष्ठ नागरिक संरक्षण सम्बन्धी कार्य, संघसंस्था तथा समन्वय सम्बन्धी कार्य ।

  • ज्येष्ठ नागरिक, अपांगताको भएका व्यक्तिहरु समाजकल्याण सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,

  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सम्बन्धी नीति, कानून, मापदण्ड, नियमन र अनुगमन सम्बन्धी कार्य,

  • समाज कल्याण परिषदका पदाधिकारिहरुको नियुक्ति र कारबाही बाहेक अन्य समन्वय र संस्थाको कारबाही सम्बन्धी सम्पूर्ण कार्य,

  • महाशाखा अन्तर्गत रहेका विषयहरूको अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय सम्बन्धी कार्य,

  • अन्तर्देशीय धर्मपुत्र, धर्मपुत्री सम्बन्धी कार्यहरू गर्ने गराउने सम्बन्धी कार्य,

  • संघसंस्था दर्ता सम्बन्धमा मन्त्रालयको राय उपलब्ध गराउने सम्बन्धी कार्य,

  • विभिन्न संघसंस्थाहरूले उपहारमा ल्याएका सामानहरूको आयात इजाजत, भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुटको लागि मन्त्रालयको तर्फबाट सिफारिस गर्ने सम्बन्धी कार्य,

  • नेपालमा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशी प्रतिनिधि, परामर्शदाताहरू तथा स्वयंसेवक एवं तिनको परिवारका सदस्य समेतलाई कार्य सहमति तथा प्रवेश आज्ञाको लागि मन्त्रालयको तर्फबाट सिफारिस सम्बन्धी कार्य,

  • जोखिममा रहेका बालबालिका अपांगताको भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको संरक्षण सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत रहेका विषयहरूमा कानुनद्वारा स्थापित कोषहरूको व्यवस्थापन सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित बजेटको अधीनमा रही खर्चको बाँडफाँड स्वीकृत गर्ने, खर्च गर्ने निर्णय गर्ने कार्यक्रम कार्यान्वयन गर्ने /गराउने एवं अनुगमन गर्ने कार्य,

  • अन्य तोकिए बमोजिमका कार्यहरू

१. ज्येष्ठ नागरिक शाखाको कार्यविवरण:

  • ज्येष्ठ नागरिक सम्बन्धी कानून, मापदण्ड निर्माण नियम र अनुगमन सम्बन्धी कार्य,

  • ज्येष्ठ नागरिक सम्बन्धी नीति योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,

  • ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयहरूको अध्ययन, अनुसन्धान, समन्वय तथा सर्वेक्षण सम्बन्धी कार्य,

  • ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय एवं अन्तराष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य,

  • ज्येष्ठ नागरिकहरूको हकहित र सामाजिक सुरक्षाको व्यवस्था सम्बन्धमा अन्य सम्बद्ध निकायहरुसंग समन्वय,

  • जेष्ठ नागरिक कल्याण समिति सम्बन्धी कार्य,

  • जोखिममा रहेका ज्येष्ठ नागरिकहरूको संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन सम्बन्धी कार्य,

  • शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • ज्येष्ठ नागरिक आश्रयस्थलहरु सम्बन्धी नीति, कानून र मापदण्ड तयार गर्ने सम्बन्धी कार्य ,

  • ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी कार्य,

  • शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारका कार्य

२. अपाङ्गता अधिकार र प्रवर्द्धन शाखाको कार्यविवरण:

  • अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी कानून, मापदण्ड, नियमन तथा अनुगमन सम्बन्धी कार्य,

  • अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,

  • अपाङ्गता भएका व्यक्तिहरुसंग सम्बन्धित विषयहरूको अध्ययन समन्वय सम्बन्धी कार्य,

  • अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य,

  • अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि महासन्धिको प्रतिबद्धता, सम्झौता अनुसारका कार्यक्रमहरूको कार्यान्वयन एवं सम्पर्क, समन्वय र प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • अपाङ्गता राष्ट्रिय निर्देशन समितिको सचिवालय सम्बन्धी कार्य,

  • अपाङ्गता भएका व्यक्तिहरूको हकहित र सामाजिक सुरक्षाको व्यवस्था सम्बन्धमा अन्य सम्बद्ध निकायहरुसंग समन्वय गर्ने कार्य,

  • जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन सम्बन्धी कार्य,

  • शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • शाखासँग सम्बन्धित विषयहरूमा विभिन्न निकायहरूबाट प्राप्त पत्रको जवाफदेहिताका तथा पत्राचार सम्बन्धी कार्य,

  • समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सम्बन्धी (CBR) अति असक्त भएकाहरूको लागि आवासीय पुनःस्थापना केन्द्र सम्बन्धी कार्य,

  • सशर्त अनुदान दिएका अपाङ्गतासँग सम्बन्धित संघसंस्थाहरूसँगको समन्वय, सहकार्य तथा अनुगमन सम्बन्धी कार्य,

  • शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारका कार्य

३. संघ संस्था शाखाको कार्यविवरण:

  • शाखासँग सम्बन्धित नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,

  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सम्बन्धी नीति, मापदण्ड कानून पालनाको अनुगमन सम्बन्धी,

  • समाज कल्याण परिषदका पदाधिकारी नियुक्ति र कारबाही बाहेक अन्य समन्वय र संस्थाको कारबाही सम्बन्धी कार्य,

  • अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका साधारण तथा परियोजना प्रस्तावहरू सहजीकरण सम्बन्धी कार्य,

  • सहजीकरण समितिको सचिवालयको कार्य,

  • सहजीकरण समितिका संयोजकको निर्देशनमा समितिको बैठक सञ्चालन, निर्णयको अभिलेख राख्ने सम्बन्धी कार्य,

  • अन्तराष्ट्रिय गैर सरकारी संस्थाका स्वीकृत सम्झौता अनुसार त्यस्ता संस्थामा काम गर्न आउने विदेशी देशीय प्रतिनिधि, परामर्शदाता र स्वयंसेवकहरूको कार्य सहमति र भिसा सिफारिश सम्बन्धी कार्य,

  • संस्थाहरूले प्राप्त गर्ने सामाग्रीमा भन्सार, कर छुट तथा आयात इजाजत सम्बन्धी सिफारिस कार्य,

  • नयाँ संस्था दर्ता गर्दा राय माग भएकोमा पेश गर्ने सम्बन्धी कार्य,

  • शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,

  • शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

४. समन्वय शाखाको कार्यविवरण:

  • मन्त्रालयसंग सम्बन्धित विषयहरुमा द्विपक्षीय, बहुपक्षीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय तथा सहकार्यको व्यवस्था मिलाउने,

  • मन्त्रालयका विषय क्षेत्रका कार्यक्रमहरुमा वैदेशिक सहायता आवश्यक भएका कार्यक्रममा नेपाल सरकारको प्राथमिकतासँग मेल खानेगरी अन्य शाखाहरु सँग समन्वय गरी पूर्व तयारी गर्ने

  • मन्त्रालयमा वैदेशिक सहयोगमा संचालित कार्यक्रमहरुको एकिकृत अभिलेख राख्ने

  • मन्त्रालयसंग सम्बन्धित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनका लागि प्रदेश एवं स्थानीय तहहरुसँग सम्पर्क र समन्वयको व्यवस्था मिलाउने