प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


आज मिति २०८३।०५।१० गते रसुवा, नुवाकोट जिल्ला लगायत आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला,  बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको खोज, उद्धार र राहत वितरण सम्बन्धी कार्य सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) एवम् स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) को समन्वयमा गर्ने गराउने व्यवस्थाका लागि सबै सरकारी निकाय एवम् सामाजिक संघ संस्थालाई अनुरोध गर्दै यस विषम् परिस्थितिमा विशेष संरक्षणको आवश्यकता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखी निजहरुलाई आवश्यक पर्ने लत्ताकपडा, डिग्निटी किट, बेबी किट लगायतका सामग्रीहरु एवम् अस्थायी आवासका लागि आवश्यक सामग्री पीडित परिवारलाई यथाशीघ्र उपलब्ध गराउनका लागि सबै विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु एवम् नेपाल रेडक्रस सोसाईटी लगायतका मानवीय सहायताका क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाहरुलाई मन्त्रालय हार्दिक अपिल गर्दछ।

सम्पर्क नम्बरः-

  • ९८५११५०३७४ (प्रवक्ता)
  • ९८१२५५३५४ (सूचना अधिकारी) ­                                      
  • 1-4200082 (प्रशासनशाखा)                      

 (मिलन भट्टराई) उपसचिव/सूचना अधिकारी

भदौ १०, २०८३

नेपाल सम्वत् ११४६