प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आज मिति २०८३।०५।१० गते विपद् प्रभावितहरुको लागि संरक्षण सेवा तथा राहत उपलब्ध गराउन गठित संरक्षण विषय क्षेत्रको बैठक माननीय मन्त्री सिता बादीको विशेष उपस्थितिमा रसुवा, नुवाकोट जिल्ला लगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावितहरुलाई तत्काल राहत तथा संरक्षण सेवा उपलब्ध गराउने विषयमा छलफल तथा निर्णय गरी सम्पन्न भयो।बैठकमा संरक्षण विषयक्षेत्र अन्तर्गतका Psychosocial Working Group, Gender Based Violence Response Working Group र Child Protection Working Group लाई क्रियाशील तुल्याई परिचालन गर्ने, संरक्षण सेवाका लागि आवश्यक सामग्रीको तत्काल प्रबन्ध गर्ने, पीडित तथा प्रभावितलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका सेवा प्रदान गर्न सम्बन्धित संस्थाहरुको तयारी र उपलब्धताका बारेमा छलफल गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) र स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) को समन्वयमा प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउने निर्णय भयो। बैठकमा सहभागी संरक्षण विषयगत क्षेत्रका सरोकारवाला निकायहरुले विशेष संरक्षणको आवश्यकता भएका सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखी आवश्यक सामग्रीहरुको तत्काल प्रबन्ध गर्ने साथै आवश्यकता र प्राथमिकताका आधारमा सहयोगी सेवा उपलब्ध गराउने जानकारी भयो।
भदौ १०, २०८३
नेपाल सम्वत् ११४६ (मिलन भट्टराई)
उपसचिव/सूचना अधिकारी