प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 

 

आज मिति २०८३ जे गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपालका लागि जर्मनीका महामहिम राजदूत Udo Eugen Volz ले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभयो। भेटका क्रममा माननीय मन्त्री बादले महामहिम राजदूतलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल जर्मनीबीच आपसी सम्मान, सहयोग विश्वासमा आधारित मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभयो।साथै, लोकतन्त्र, मानव अधिकार, समानता तथा विधिको शासनजस्ता साझा मूल्यहरूले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाएको बताउँदै जर्मनी नेपालको महत्वपूर्ण विकास साझेदार रहेको नेपालमा सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण तथा दिगो विकासका क्षेत्रमा जर्मनीले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

भेटमा महामहिम राजदूत Udo Eugen Volz ले नेपालसँग जर्मनीको सहकार्य लामो समयदेखि निरन्तर रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यो सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जर्मनीले नेपालका नागरिक समाज गैरसरकारी संस्थासँग नजिकबाट सहकार्य गर्दै आएको बताउनुभयो। विशेषगरी महिला तथा बालिकाको अवस्था, सामाजिक तथा आर्थिक अधिकार, समावेशीकरण नागरिक समाजको भूमिकालाई जर्मनीले महत्वपूर्ण रूपमा हेरेको उहाँले उल्लेख गर्नुभयो।

 

उक्त भेटका अवसरमा माननीय मन्त्री बादीले मन्त्रालयले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समावेशीकरण, अपाङ्गता भएका व्यक्तिहरू तथा ज्येष्ठ नागरिकको अधिकार सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभयो।साथै, उहाँले मानव अधिकार, लैङ्गिक समानता, बाल संरक्षण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा जर्मनीसँग सहकार्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

 

जेठ , २०८३

नेपाल सम्वत् ११४६   

                                                                ­ (मिलन भट्टराई)                 

                                                         उपसचिव/सहायक प्रवक्ता