महिला सशक्तीकरण महाशाखाको कार्य विवरण:

  • महिला विकास, महिला हक एवं सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण, लैङ्गिक समानता सम्बन्धी नीति, कार्यक्रम तर्जुमा, समन्वय र सहजीकरण सम्बन्धी कार्य,

  • महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत रहेका विषयहरूको अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,

  • लैङ्गिक हिंसा निवारण सम्बन्धी निरधात्मक कार्य गर्नको निम्ति संघ संस्थासँग सम्पर्क, समन्वय, सन्धि, अभिसन्धि सम्बन्धी कार्य,

  • राष्ट्रिय महिला आयोगको सम्पर्क विन्दुको रुपमा कार्य,

  • महाशाखाको कार्यक्षेत्रसँग सम्बन्धित विषयका तथ्यांक संकलन र त्यस्ता तथ्यांकहरुलाई अद्यावधिक सम्बन्धी कार्य,

  • महिला हिंसा, मानव बेचविखनमा तथा ओसारपसारबाट पीडित तथा प्रभावितहरूको उद्दार तथा संरक्षण सम्बन्धी कार्य,

  • महाशाखाको कार्य क्षेत्र अन्तर्गत विनियोजित बजेटको अधीनमा रही वार्षिक कार्यक्रम तोकिएको अवधि भित्र सम्पन्न गर्ने सम्बन्धी कार्य,

  • महाशाखा अन्तर्गत रहेका विषयहरूमा कानुनद्वारा स्थापित कोषहरूको व्यवस्थापन सम्बन्धी कार्य,

  • लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा सहजकर्ता, समन्वयकर्ता सम्पर्क सूत्रको कार्य,

  • महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण सम्बन्धी आयोजना सञ्चालनको लागि समन्वय र सहकार्य,

  • पुनर्स्थापना केन्द्रको संचालनमा समन्वय र सहजीकरण तथा अनुगमन,

  • राष्ट्रिय लैङ्गिक सम्पर्क विन्दुको रुपमा कार्य,

  • अन्य तोकिए बमोजिमका कार्यहरू।

१. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाको कार्य विवरण:

  • मानव बेचबिखन तथा ओसारपसार विरुद्ध आवश्यक नीति, योजना, कानून तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन,

  • विदेशमा अलपत्र परेका पीडितको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फर्काउने सम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यविधि तर्जुमा,

  • नेपाल पक्ष भएका मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्वहरु कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन एवं सोको आवधिक प्रतिवेदन तयारीको सहजीकरण सम्बन्धी कार्य,

  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला, स्थानीय समितिहरुको काम कारवाहीको समन्वय तथा अनुगमन गर्न सघाउ पुर्याउने सम्बन्धी कार्य,

  • मानव बेचबिखन नियन्त्रणसँग सम्बन्धित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग समन्वय र सहकार्य,

  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सचिवालयका रुपमा काम गर्ने,

  • शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,

  • मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने,

  • मानव बेचबिखन पीडित प्रभावितका लागि संचालित पुनर्स्थापना केन्द्रको व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी कार्य,

  • मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

२. महिला विकास तथा लैङ्गिक मूलप्रवाहीकरण शाखाको कार्य विवरण:

  • महिला हक, महिला सशक्तीकरण,लैङ्गिक मुलप्रवाहीकारण र लैङ्गिक समानता सम्बन्धी राष्ट्रिय नीति, ऐन, नियम, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन,

  • महिला उपर हुने सबै प्रकारका भेदभाव विरुद्धको महासन्धि र बेइजिङ घोषणा पत्र सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग,

  • नेपाल पक्ष राष्ट्र भएका महिलाको हक़ अधिकारसँग सम्बन्धित अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्वहरु कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन,

  • महिला सशक्तीकरण र लैङ्गिक समानताको लागि विभिन्न सरकारी, गैरसरकारी तथा विकासका साझेदार निकायहरू बीच समन्वय तथा सहकार्य,

  • महिला सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रमको राष्ट्रिय सम्पर्क विन्दुको कार्य,

  • महिला उत्थान तथा सशक्तीकरणका कार्यक्रमहरूको कार्यान्वयन एवं अनुगमन गर्न सहयोग,

  • महिला सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण र लैङ्गिक समानता सम्बन्धी राष्ट्रिय नीति नियम तथा कानूनी अवस्थाबारे सरोकार पक्षहरूलाई सूचना प्रवाह,

  • महिला अधिकार सुनिश्चितता तथा मूलप्रवाहीकरणका लागि विभिन्न चेतना मूलक कार्यक्रमहरू संचालन गर्न सहयोग तथा समन्वय गर्ने,

  • शाखाका प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रका महिला सहभागिता अभिवृद्धि गर्न नेतृत्व विकास सम्बन्धी विशेष कार्यक्रमहरू संचालन गर्न समन्वय तथा सहकार्य,

  • महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन अनुसन्धान गर्ने,

  • लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा सहजकर्ता, समन्वयकर्ता र सम्पर्क सूत्रको कार्य,

  • महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण सम्बन्धी आयोजना सञ्चालनको लागि समन्वय र सहकार्य,

  • लैङ्गिक सम्पर्क व्यक्ति सम्बन्धी सम्पर्क शाखाको रुपमा कार्य गर्ने,

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन समन्वय र सहकार्य गर्ने,

  • एकल महिलाको हकहित सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा गरी कार्यान्वयन र अनुगमन गर्ने,

  • दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यक्रम गर्ने,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

३. लैङ्गिक हिंसा निवारण शाखाको कार्य विवरण:

  • लैङ्गिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय नीति तथा योजना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन,

  • लैङ्गिक हिंसा सम्बन्धी निरोधात्मक र पुनर्स्थापना सम्बन्धी कानून र मापदण्ड निर्माण तथा कार्यान्वयन,

  • लैङ्गिक हिंसा, मानव बेचविखनमा, कुरीतीजन्य हिंसा लगायतका विभिन्न प्रकारका हिंसाबाट पीडित तथा प्रभावितका उद्वार पुनर्स्थापना र संरक्षण सम्बन्धी कार्यको समन्वय र सहकार्य,

  • लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउन समन्वय र सहकार्य,

  • शाखाको प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • लैङ्गिक हिंसा निवारण सम्बन्धी कार्यक्रमको केन्द्रविन्दुको रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय संस्थासँग समन्वय एवं सहयोग,

  • महिला हिंसा विरुद्ध नीति निर्माण तथा कार्यान्वयनमा सहयोग तथा समन्वय गर्ने,

  • लैङ्गिक हिंसा नियन्त्रणसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य,

  • अन्तराष्ट्रिय मञ्चमा नेपाल सरकारले गरेको प्रतिबद्धता अनुरूप पेश गर्नुपर्ने प्रगति, आवधिक प्रतिवेदन तयारी एवं समन्वय सम्बन्धी कार्य,

  • शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य,

  • प्रत्यायोजित अधिकार अनुसारको कार्य,

  • तथ्यांकविश्लेषण तथा प्रकाशन शाखा

  • मन्त्रालयसँग सम्बन्धित तथ्यांक तथा सूचनाहरू अद्यावधिक गराई प्रकाशन सम्बन्धी कार्य,

  • शाखाको वार्षिक कार्यक्रम तर्जुमा तथा कार्यान्वयन,

  • शाखाको प्रगति विवरण तयार गरी सुपरिवेक्षक समक्ष पेश गर्ने,

  • मन्त्रालयसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान कार्यमा सहजीकरण गर्ने,

  • लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी कार्य,

  • मन्त्रालय र अन्तर्गतका निकायहरूबाट संचालित गतिबिधिहरु र महिला तथा बालबालिकासँग सम्बन्धित लेख रचनाहरु संकलन गरी सशक्तीकरण पत्रिका प्रकाशन कार्य,

  • मन्त्रालयको पुस्तकालयलाई अद्यावधिक गराउने,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य

४. तथ्यांक विश्लेषण तथा प्रकाशन शाखाको कार्य विवरण:

५. राष्ट्रपति महिला उत्थान कार्यक्रम इकाइको कार्य विवरण:

  • शाखासँग सम्बन्धित नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,

  • दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निर्दिष्ट अस्पतालमा पुर्याउने व्यवस्था सम्बन्धी कार्य,

  • दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्वार तथा संरक्षण सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन एवं सम्पर्क, समन्वय सम्बन्धी कार्य,

  • शाखासँग सम्बन्धित विषयहरूमा विभिन्न निकायहरूबाट प्राप्त पत्रको जवाफदेहिताका तथा पत्राचार सम्बन्धी कार्य,

  • शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,

  • आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,

  • अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य