सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धमा
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धमा
विषयः सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धमा।
श्री स्थानीय तह सबै।
प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली, 2076 को नियम (9) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, 2082 को दफा (7) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनु पर्ने व्यवस्था रहेको व्यहोरा विदितै छ ।सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।
देहायः
- राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीको हकमा अनिवार्य NIN, Fingerprint scanner वा Iris डिभाईस मार्फत Verification गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने ।यदि कुनै कारणले Biometric Verification हुन नसकेमा अन्य विकल्प जस्तै Alpha Authentication (NID मा उल्लेख भएको वैयक्तिक विवरण तथा Photo बाट Verification गरी नवीकरण तथा सूचीकरण गरिदिने ।
- अघिल्लो आ.व. मा Biometric verification गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने ।
- नयाँ लाभग्राहीको रुपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले NIN उपलव्ध गराएको तर कुनै पनि माध्यमवाट NIN Verification हुन नसकेमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
- बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नभए तापनि लाभग्राहीको रुपमा सूचीकरण वा नवीकरण गरिदिने ।
- म्याद भित्र नवीकरण नभएका लाभग्राहीको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने ।