प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


मानव बेचबिखन तथा ओसारपसार विरूद्धको राष्ट्रिय दिवसको मूल समारोह यही मिति २०८३ भदौ २० गते "प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता" भन्ने नाराका साथ राष्ट्रिय नाचघर, जमलमा मनाउने तयारी भईरहेकोमा २०८३ भदौ १० गते रसुवा, नुवाकोट जिल्ला लगायत त्रिशूली नदी आसपासमा क्षेत्रमा बाढी आई ठूलो मात्रामा जनधनको क्षति भएको र हाल सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरु विपद् प्रतिकार्य, राहत र उद्धारमा खटिनुपर्ने भएको हुँदा  भाद्र २० गते मनाउन लागिएको मानव बेचबिखन विरूद्धको २०औं राष्ट्रिय दिवस सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।

विपद्‍को यस अवस्थामा मानव बेचबिखन तथा ओसारपसार हुनबाट रोक्न र निरन्तर खबरदारी गर्नका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय र सरोकारवालाहरुमा मन्त्रालय अनुरोध गर्दछ।

भदौ १५, २०८३                                    

नेपाल सम्वत् ११४६                                                                     

                                                              (मिलन भट्टराई)                 

                                                                     उपसचिव/सूचना अधिकारी