मानव बेचबिखन विरूद्धको राष्ट्र्रिय दिवसको अवसरमा प्रदान गरिने सम्मानका लागि आवेदन दिने सम्बन्धी सूचना

सूचना

विषयः सम्मानका लागि आवेदन दिने सम्बन्धमा।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि यस मन्त्रालयको आयोजनामा नेपाल सरकारले मानव बेचबिखन विरूद्धको २०औं राष्ट्रिय दिवस यही भाद्र २० गते मनाउन गईरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ। उक्त दिवसको अवसरमा मानव बेबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने गैरसरकारी संस्था र व्यक्तिलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ। सो सन्दर्भमा सम्मानका लागि व्यक्ति तथा संस्था छनौट तथा सिफारिस उपसमितिको मिति २०८३।०५।०३ गते बसेको बैठकको निर्णयानुसार संघसंस्थाबाट सम्मानका लागि व्यक्ति र संस्था छनौट तथा सफारिस गर्न कार्यसमूह गठन भएकोले सम्मानका लागि योग्य व्यक्ति/संस्थाहरुले यही भाद्र १० गते भित्र तपशीलको इमेल ठेगानामा आवेदन गर्नुहुन अनुरोध   छ ।

तपशील

  • गैरसरकारी संघसंस्थाका लागि  

Email: aatwin@ntc.net.np,

सम्पर्क नं. ०१-५३२९७८७, ९८४१६४७९२६

 

 मितिः २०८३।०५।०३                                                                                                                                                                          पुष्पा देवी राई

                                                                  शाखा अधिकृत

 

 

 

सूचना

विषयः सम्मानका लागि आवेदन दिने सम्बन्धमा।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि यस मन्त्रालयको आयोजनामा नेपाल सरकारले मानव बेचबिखन विरुद्धको २०औं राष्ट्रिय दिवस यही भाद्र २० गते मनाउन गईरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ। उक्त दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उल्लेखनीय कार्य गरेका एक स्थानीय तहलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ। सो सन्दर्भमा सम्मानका लागि योग्य स्थानीय तहले मानव बेचबिखन तथा ओसारपसार विरूद्ध सम्पादित तपशील बमोजिमको कामहरुको विवरण सहित यही भाद्र १० गते भित्र यस मन्त्रालयको इमेल ठेगाना nccht.nepal@gmail.com मा आवेदन गर्नुहुन अनुरोध   छ ।

तपसिल

    • नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको विषय,
    • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (LCCHT) को गठन भएको मिति,
    • गत आ.व. मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (LCCHT) को बैठक संख्या
    • मानव बेचबिखन तथा ओसारपसार पीडित/प्रभावितहरुका लागि सञ्चालित पुनर्स्थापना केन्द्रसँग समन्वय, सहजीकरण र सहकार्य भएको विवरण,
    • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति (DCCHT) सँग समन्वय र सहकार्य भएको विवरण।

 

मितिः २०८३।०५।०३                                             पुष्पा देवी राई

                                                                  शाखा अधिकृत