वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
२२ पुष, २०८२
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि श्रद्धा श्रेष्ठज्युले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि नुवाकोटमा सरकारले प्रस्ताव गरेको स्थानको स्थलगत अनुगमन गर्दै त्यहाँको अवस्था, सम्भावना र आवश्यक पूर्वाधारका विषयहरु विस्तृत रूपमा बुझ्नुभयो । अवलोकन तथा अनुगमन पश्चात माननीय मन्त्रीज्युको निर्देशनमा सुधारका लागि महत्वपूर्ण पहल अघि बढाईसकिएको छ। यसै क्रममा १८ वर्षभन्दा बढी उमेरका बाल कैदिबन्दीहरूलाई बालमैत्री र सुरक्षित बाल सुधार गृहमा स्थानान्तरण गर्ने नयाँ प्रयास थालिएको छ।
बालबालिकालाई सुरक्षित, सम्मानजनक र सुधारमुखी वातावरणमा छिटोभन्दा छिटो स्थानान्तरण गर्न सकिने गरी विभिन्न निकाय तथा सरोकारवाला पक्षहरूसँग छलफल र समन्वय गर्दै बाल न्याय, संरक्षण र पुनर्स्थापनाको लागि प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।