महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२

श्री श्रद्धा श्रेष्ठ

श्री श्रद्धा श्रेष्ठ

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

प्रारम्भिक जीवन

२०८२ भदौ २३ र २४ गतेको देशब्यापी जेनजी युवाहरुको आन्दोलनले निम्त्याएको विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न र बृहत राष्ट्रिय सहमति सहित निर्वाचन सफलतापुर्वक सम्पन्न गराउनका निम्ति सम्माननिय प्रधानमन्त्री श्री सुशीला कार्की ज्युको मन्त्री मण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा माननीय श्रद्धा श्रेष्ठज्यु मिति २०८२/०८/२६ गते नियुक्त हुनुभयो । पदभार सम्हाल्नु अगाडी माननीय मन्त्रिज्यु नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा संचालित दिगो पर्यटन परियोजनाको राष्ट्रिय परियोजना संयोजकको भूमिकामा हुनुहुन्थ्यो । 


माननीय मन्त्रीज्युले एक अनुभवी पर्यटन विशेषज्ञको रुपमा करिब दुई दशकभन्दा बढी समय नेपालको पर्यटन बजारिकरण र प्रवर्द्धनमा बिताउनुभएको छ । उहाँसंग पर्यटन मार्केटिङ, ब्रान्ड प्रमोशन, डिजिटल रणनीति र युवा तथा महिलाहरुको उद्यमशीलता विकास मार्फत महिला सशक्तिकरण र लैंगिक समानताको लागि विभिन्न परियोजना तथा अभियानहरुको डिजाइन तथा सफल कार्यान्वयन गरेको अनुभव छ । उहाँले COVID-19 महामारीको समयमा नेपाल पर्यटन संकट प्रतिक्रिया टोलीको प्रमुख सदस्यको रुपमा रहेर नेपालको पर्यटनको पुनरुत्थान र विकासको लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो  ।  


विश्वप्रसिद् Fulbright-Humphrey Fellowship (2021-22) अन्तर्गत मिशिगन स्टेट विश्वविध्यालयबाट विकास अर्थशास्त्र तथा अन्तर्राष्ट्रिय विकास विषयमा फेलोसिप र त्रिभुवन विश्वविध्यालयबाट एम.बि.ए अध्ययन पुरा गर्नुभएको उहाँ एक यात्री, ब्लग्गर, र प्रखर सार्वजनिक वक्ता पनि हुनुहुन्छ ।  उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको प्रतिनिधित्व गरेर पर्यटन, महिला सशक्तिकरण र जीवनशैलीका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको छ  । 


मन्त्रीको रूपमा माननीयज्युको पहिलो निर्णय राष्ट्रिय लैङ्गिक अडिट कार्यविधि–२०८२ को संशोधित मस्यौदाको अनुमोदन मार्फत देशको नीति, कार्यक्रम, संस्थागत संरचना, निर्णय प्रक्रियाहरू तथा कार्यस्थलहरूमा लैङ्गिक अडिट अनिवार्य गर्दै सुदृढ लैङ्गिक उत्तरदायित्वमार्फत सुशासन सशक्त बनाउनु रहेको छ। माननीय मन्त्रीज्युको विशेष ध्यान आगामी फाल्गुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा महिलाको उल्लेखनीय सहभागिता सुनिस्चित गराउने रहेको छ ।