Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबीच म

मिति 2076।6।10 र 11 गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबीच 2075।6।1 मा भएको 11 बुँदे प्रतिवद्धताको प्रगति समीक्षा तथा लैङ्गिक हिंसा विरुद्धको कार्यान्वयन कार्ययोजना विषयक अन्तर्क्रिया कार्यक्रम महिला¸ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा सम्पन्न गरिएको थियो । उक्त अन्तर्किया कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्री तथा सचिवज्यूहरु¸ महिला¸ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यू¸ सचिवज्यू लगायत मन्त्रालयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा श्रीमान् सचिव चन्द्र कुमार घिमिरेज्यूले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने सह-सचिव द्वय श्री राजेन्द्र कुमार पौडेल र श्री रुद्रादेवी शर्माले गत वर्ष यस मन्त्रालयबाट सम्पादन भएको 11 वुँदे प्रतिवद्धता पत्रको प्रगति प्रस्तुत गर्नु भएको थियो । त्यस्तै 7 वटै सामाजिक विकास मन्त्रालयबाट भए गरेको कार्यको प्रगति प्रस्तुत गरीएको थियो । अन्तर्किया कार्यक्रमको दोश्रो दिन लैङ्गिक हिंसा विरुद्धको कार्ययोजना उपर छलफल तथा सुझाव संकलन गर्नुको साथै 15 बुँदे प्रतिवद्धता पत्र पारित गरी हस्ताक्षर समेत सम्पन्न गरिएको थियो ।


नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयहरुबीच मिति 2076/6/11 मा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको
प्रतिवद्धता-पत्र