Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

अन्तर्राष्ट्रिय बालिका दिवस 2019 को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन

शुभकामना मन्तब्य

अन्तर्राष्ट्रिय बालिका दिवस 2019

नेपालको संविधान 2072 ले बालिका, महिला र सम्पुर्ण बालबालिकाहरुको हक अधिकारलाई मौलिक हक तथा राज्यका निति अन्तर्गत सुनिश्चित गरिएको छ । नेपाल बाल अधिकार महासन्धि लगायतका अन्तरराष्ट्रिय मानव अधिकार प्रति प्रतिबद्ध भै यसमा उल्लेखित प्रतिबद्धताहरु कार्यान्वयन गरिरहेको छ। नेपालले विगतको तुलनामा बालिका विरुद्दको विभेद तथा असमानताहरुको अन्त्य, न्युनीकरणमा उल्लेखनीय प्रगती समेत हांसील गरेको छ । बाल विवाह, छाउपडी जस्ता कुप्रथालाई अपराधिकरण गर्नुका साथै तिनै तहका सरकारले बाल विवाह, महिनावारीमा हुने विभेद तथा समस्याहरुलाई अन्त्य गर्नका लागि विविध योजना, कार्यक्रमहरु तथा अभियानहरु सञ्चालन गरिरहेका छन् । त्यसैगरी राष्ट्रपती महिला उत्थान कार्यक्रम एक नमुना कार्यक्रमका रुपमा महिला र बालिकाहरुका निम्ति अवसरहरु सृजना गर्न तथा आर्थिक र सामाजिक रुपान्तरणको लागि बिगत केहि बर्ष देखि सञ्चालनमा रहेको छ।

शिक्षामा बालिका र बालकको भर्नादर समान भइसकैको छ । बालिका विरुद्दका बलात्कार र यौन हिंसा जस्ता अपराधहरुको उजुरी बढ्दो क्रममा छ र तिनिहरुमध्ये धेरैमा प्रभावकारी अनुसन्धान र न्याय सुनिश्चित गर्न सफलता समेत मिलेको छ । यद्यपी, हाम्रा सामु बालिकाहरुको विभेद र असमानताका अन्य विविध आयामहरु विद्यमान रहेका छन् । बाल अधिकार महासन्धिको 30 बर्ष, महिला विरुद्द हुनै सबै प्रकारका भेदभाव निर्मुल सम्बन्धि महासन्धिको 40 बर्ष तथा बैइजिंग कार्ययोजनाको 25 बर्षको सन्दर्भमा बालिकाहरुको सशक्तिकरण, विकास र अधिकार संरक्षणका लागि थप शक्ति, उर्जा र एकिकृत प्रयास आवश्यक रहेको छ ।

यसका लागि बालबालिका सम्बन्धि ऐन 2075 को तत्काल कार्यान्वयन, बालिका लक्षित कार्यक्रमहरुकौ विस्तार, स्थानीय तथा प्रदेशहरुमा बाल अधिकार समितिको गठन तथा परिचालन अत्यन्त जरुरी रहेको छ । यसका लागि नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका सम्बन्धि नियमावली मस्यौद गरी सरोकारवालाहरुसंग छलफल पनि सम्पन्न गरिसकेको छ र उक्त नियमावली यथासक्य छिटो जारी हुने कुरा जानकारी गराउन चाहन्छु ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बाल अधिकार परिषद नेपालमा बालिकाहरुको अवसर प्रबर्द्धन गर्ने, उनीहरुको सशक्तिकरण गर्दै समतामुलक, न्यायपुर्ण समृद्द नेपाल र सुखी नैपालीको लक्ष्यलाई प्राप्त गर्ने प्रतिबद्दता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा सबै बालिकाहरुमा सफलता, सक्षमता र समसहाभगिताको अवसरको शुभकामना ब्यक्त गर्दछु।
धन्यबाद ।

मिति: 2076 असोज 24 गते

(थममाया थापा)
माननीय मन्त्री
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय