महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व अष्टमी - ८

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्यू नेपाल बाल परिषदको अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुहुदै

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्यू नेपाल बाल परिषदको अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुहुदै

नेपाल बाल परिषद्को पदभार ग्रहण गरेसँगै बालबालिकाको अधिकार संरक्षणलाई परिषद्को प्रमुख प्राथमिकताका रूपमा स्थापित गरिएको छ। बाल हिंसा, बाल श्रम तथा बाल बेचबिखनविरुद्ध प्रभावकारी र परिणाममुखी पहलहरू अघि बढाइँदै असहाय, अपाङ्ग तथा सडक बालबालिकाको संरक्षण, हेरचाह तथा पुनर्स्थापनामा विशेष ध्यान दिइनेछ।

परिषद्को निर्णय प्रक्रियामार्फत बाल संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ तथा यस कार्यमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्यलाई प्राथमिकताका साथ विस्तार गरिनेछ। आपतकालीन अवस्थाहरूमा बाल उद्धारसम्बन्धी निर्णयहरू ढिलाइ नगरी जिम्मेवारीपूर्वक कार्यान्वयन हुने व्यवस्था सुनिश्चित गरिनेछ।

बाल अधिकार उल्लङ्घन भएका स्थानहरूमा आवश्यकताअनुसार स्थलगत निरीक्षण गराई आवश्यक निर्देशन प्रदान गरिनेछ र सोसम्बन्धी प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिनेछ। साथै, बाल हिंसा तथा दुर्व्यवहारसम्बन्धी उजुरी प्रणालीलाई थप सुदृढ बनाउँदै उद्धार, आश्रय, शिक्षा, स्वास्थ्य, कानुनी तथा मनोसामाजिक सहयोगलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्छ।