वि.सं:
नेपाल संवत: ११४५ चिल्लागा चतुर्दशी - २९
राष्ट्रपति महिला उत्थान कार्यक्रम
निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम
१. लगातार लामो प्रश्रव बेथा (18 घण्टा भन्दा बढि) लागि बच्चा जन्मन कठिनाई भएको,
२. बच्चाको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएको,
३. शिशु जन्मेको 30 मिनेटसम्म पनि सालनाल ननिस्केको (Retained Placenta),
४. गर्भमा नै बच्चाको मृत्यु भएको,
५. गर्भ अवस्थामा गर्भवती महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको,
६. गर्भवती अवस्थामा हुने (Ante Partum Haemorrhage-APH) र प्रसूति पछिको अवस्थामा हुने (Postpartum Haemorrhage-PPH), अधिक रक्तश्राव भएको,
७. सुत्केरी हुने क्रममा उच्च रक्तचाप तथा एक्लम्प्सिया (Severe Pre-eclampsia & Eclampsia) भएको,
८. पाठेघर फुटेको लक्षण देखिएको,
९. पाठेघर भन्दा बाहिर बच्चा बसेको शङ्का खुट्टा भएको,
१०. बच्चा जन्मेको 24 घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएको (Severe birth asphyxia) तथा
११. रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिला सम्झनुपर्छ।
१. सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशपत्रका साथ हवाई उद्धारको लागि सूचना दिने।
२. सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि ।
३. स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्र ।
४. स्थानीय तहको सिफारिसपत्र ।
५. अन्य व्यवस्था कार्यविधिले तोके बमोजिम हुनेछ ।
दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निदिष्ट अस्पतालमा पर्याईने व्यवस्था मिलाइएको छ ।
हवाई उद्धारका लागि सर्म्पक नम्बर:
९८५१२५५२५४(हट्लाईन नम्बर)
०१-४२००३२८, ०१-४२००३३७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सिंहदरबार, काठमाडौँ।