मिति २०८३/०१/२३ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यू र नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत H.E. Zhang Maoming बीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो। भेटमा द्विपक्षीय सम्बन्ध, महिला सशक्तीकरण, सामाजिक विकास, ज्येष्ठ नागरिक सेवा तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका विषयमा सकारात्मक विचार आदानप्रदान भयो।