महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा माननीय मन्त्री सीता बादीज्यूसँग युवा, श्रम तथा रोजगार माननीय मन्त्री रामजी यादवज्यूले समसामयिक विषयमा भेटघाट तथा छलफल गर्नुहुँदै।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा माननीय मन्त्री सीता बादीज्यूसँग युवा, श्रम तथा रोजगार माननीय मन्त्री रामजी यादवज्यूले समसामयिक विषयमा भेटघाट तथा छलफल गर्नुभएको छ।
भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।