आज मिति २०८३ जेठ ४ गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादीज्यू सँग नेपालका लागि नर्वेका महामहिम राजदूत डाग्नी म्योसज्यूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुहुदै
आज मिति २०८३ जेठ ४ गते माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादीज्यू सँग नेपालका लागि नर्वेका महामहिम राजदूत डाग्नी म्योसज्यूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभयो।
भेटका क्रममा नेपाल र नर्वेबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहकार्य, लैङ्गिक समानता, महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, सामाजिक सुरक्षा, समावेशी विकास तथा जलवायु संवेदनशील सामाजिक संरक्षणका विषयमा छलफल भएको थियो।