महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री श्री सीता वादीज्यू र UN Women की कन्ट्री डाइरेक्टर पेट्रिसिया फर्नान्डेज पाचेकोसहित संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूसँग शिष्टाचार भेटवार्ता।
मिति २०८३/०१/०९ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री श्री सीता वादीज्यू र UN WOMEN का नेपाल कन्ट्री अफिसकी कन्ट्री डाइरेक्टर श्री पेट्रिसिया फर्नान्डेज पाचेकोसहित UN WOMEN,UNICEF,UNFPA,IOM लगायतका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूबीच शिष्टाचार भेटवार्ता सम्पन्न भयो। भेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण तथा साझा प्राथमिकताका क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भयो।